अभ्यास गर्दागर्दै हबल्दारको हातमा ग्रिनेट विष्फोट


 
५० जना सशस्त्र प्रहरी हबल्दार ग्रिनेड पड्काउने अभ्यासमा रहेका बेला सहायक हबल्दार दिपेशकुमार चौधरीको हातमा रहेको ग्रिनेड विष्फोट भएका हो । 
 
विष्फोटबाट चौधरीको दुवै हातको पञ्जा गुमेको छ । यसैगरी उनको नजिकै रहेका अर्का सहायक हबल्दार शोभाखर रिजालको तिघ्रामा गम्भीर चोट लागेको तनहुँका प्रहरी नायब उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए ।
 
घटनामा परी अन्य ६ सशस्त्र प्रहरी पनि घाइते भएका छन् । घाइते हुने अन्यमा सशस्त्र सहायक हबल्दारहरु सोभाखर रिजाल, प्रेमसिंह बोहोरा, प्रेम घर्ती मगर, दीपक खड्का, होमबहादुर राना र धिरेन्द्र चन्द छन् । 
 
डुम्रेको लक्ष्मी अस्पतालमा सामान्य उपचारपछि घाइते सबैलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत् राजधानीको हल्चोकस्थित सशस्त्र प्रहरी अस्पताल लगिएको छ । 
 
‘जवानको नियमित अभ्यास चलिरहेको थियो,' सशस्त्र प्रहरी उपरीक्षक भरत पनेरुले भने, ‘ह्याण्ड ग्रिनेडको अभ्यास गराउने क्रममा एक प्रशिक्षार्थीले लिएको ग्रिनेड अचानक विष्फोट भयो ।' 
 
गणमा हतियार चलाउने तालिम केही दिनदेखि चलिरहेको थियो । सोही क्रममा आइतबार ह्याण्ड ग्रिनेड पड्काउने अभ्यास राखिएको पनेरुले जानकारी दिए । 
 
‘सामान्यतः पिन लोड गरेर फालेपछि मात्र पड्कनुपर्ने हो,' उनले भने, ‘तर हातमा रहेको ग्रिनेड पिन लोड नै नगरीकन विष्फोट भयो ।' उनले यसबारे अनुसन्धान गरिने बताए ।
 
विष्फोटपछि सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरिक्षक सिंहबहादुर श्रेष्ठ र प्रहरी वरिष्ठ उपरीक्षक कविन्द्रमान श्रेष्ठले घटनास्थलको निरीक्षण गरेका छन् । 
- See more at: http://www.annapurnapost.com/News.aspx/story/49389#sthash.EymK6JR5.dpuf