विश्वभरि नै जलवायु परिवर्तनका कारण पारेको समस्या र त्यसको प्रभावमा अनुकूलित हुने अभ्यासहरूको विषयमा चर्चा चलिरहेको छ । विश्व समुदाय नै जलवायु परिवर्तनका कारण जोखिममा छन् । टापु राष्ट्र र पर्वतीय मुलुकहरू सबैभन्दा बढी जोखिममा रहेको विभिन्न तथ्यले देखाएका छन् । केही टापु राष्ट्र डुबानमा समेत परेका छन् । यस्तै, नेपाल पनि जलवायु परिवर्तनका दृष्टिले चौथो जोखिम राष्ट्रका रूपमा सूचित छ । यसरी जोखिममा न्यूनीकरणका लागि स्थानीय स्तरमा गरिएका अभ्यासहरूले जीविकोपार्जनमा केही राहत दिइरहेका छन् ।
स्थानीय स्तरमा गरिएका अभ्यासहरू नै दिगो अभ्यासका रूपमा लिन सकिने संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन अभिसन्धीको विश्व सम्मेलनहरू बताउँदै आएका छन् । पछिल्लो समय सन २०१५ को २१औं जलवायुसम्बन्धी पेरिस सम्मेलनले पनि स्थानीय अभ्यासहरूका आधारमा विश्व समुदायले सिकाइका रूपमा लिने निर्णय गरेको छ । यसरी नेपालको हिउँ पग्लनु, हिमतालहरू विस्फोटनको संघारमा पुग्नु, कृषि क्षेत्रमा असर पर्नुलगायतका विषयहरूलाई स्थानीय स्तरमा अपनाइएको सिकाईहरूलाई स्थानीय स्तरको अनुकूलन हो ।
यस्तो अनुकूलनका अभ्यासहरूलाई पुरस्कृत गरी विश्व समुदायलाई नै सिकाइका रूपमा विकास गर्ने उद्देश्यले आइडियाज टु इम्प्याक्टले जलवायु परिवर्तनको अनुकूलनमा नवीनतम समाधानहरूका कार्यक्रमलाई व्यापक तवरमा अघि बढाउनेहरूलाई सम्मान गर्दै नगद पुरस्कार ‘एडप्टेसन एट स्केल पुरस्कार’ अर्थात् अनुकूलन व्यापकता प्रवद्र्धन पुरस्कार घोषणा गरेको छ । गत साता राजधानीमा एक विशेष समारोहबीच भएको कार्यक्रममा जनसंख्या तथा वातावरण मन्त्रालयका सहसचिव रामप्रसाद लम्सालले पुरस्कार घोषणा भएको जनाएका थिए ।
स्थानीय स्तरमा गरिएका नवीनतम प्रयासहरूलाई पुरस्कृत गर्न देशव्यापी रूपमा आवेदन खुला गरिएको छ । अनुकूलन व्यापकता प्रवद्र्धन पुरस्कार आइडियाज टु इम्प्याक्टले बेलायती अन्तर्राष्ट्रिय विकास नियोग (डिफिड)को आर्थिक सहयोग र आईएमसी वल्र्डवाइडको व्यवस्थापकीय सहकार्यमा घोषणा गरेको हो । पुरस्कार घोषणा गर्दै लम्सालले जलवायु परिवर्तन व्यवस्थापनको क्षेत्रमा आइडियाज टु इम्प्याक्टले ल्याएको यो पुरस्कार कार्यक्रमका लागि अग्रिम शुभकामना दिए । यस पुरस्कारले गरिब र जलवायू परिवर्तनको असरबाट प्रभावित र जोखिममा रहेका आमनागरिकलाई अनुकूलन हुन सहयोग गर्ने नवीनतम उपाय वा समाधान ल्याउनेलाई नगदबाट पुरस्कृत गर्ने उद्देश्य राखेको छ ।
यस पुरस्कारअन्तर्गत दुई छुट्टाछुट्टै प्रकारका पुरस्कारहरू रहेका छन् । यो पुरस्कारमा छनोट हुन दुई चरणमा संघ÷संस्थाले आफूलाई योग्य प्रमाणित गर्नु पर्नेछ । पहिलो चरणअन्तर्गत प्रोत्साहन पुरस्कारको घोषणा भएको छ । यो पुरस्कारको राशि १ लाख ५० हजार पाउन्ड स्टर्लिङ रहेको छ । यो पुरस्कारका लागि छनोट गरिएका संघसंस्थाले जलवायु परिवर्तनको असरसँग जुझ्न वा अनुकूलित हुन अति गरिब र अति जोखिममा रहेका नागरिकलाई सहयोग गरेको हुनुपर्नेछ । यही कामलाई बृहत् क्षेत्रमा विस्तार गरी बढीभन्दा बढी जोखिममा परेका व्यक्तिलाई अनुकूलित हुन सहयोग पु¥याउने नवीनतम उपायहरूलाई यो प्रोत्साहन पुरस्कारबाट पुरस्कृत गरिनेछ ।
त्यस्तै, दोस्रो चरणअन्तर्गत कार्यान्वयन पुरस्कार रहेको छ । यो पुरस्कारको राशि ३ लाख २५ हजार पाउन्ड स्टर्लिङ रहेको छ । यो पुरस्कार प्राप्त गर्न पहिलो चरणमा प्रस्तुत गरिएका जलवायु परिवर्तन अनुकूलनका नवीनतम उपायहरूको योजनालाई ठूलो क्षेत्रमा कार्यान्वयन गरिएको हुनुपर्नेछ । साथै, जलवायु परिवर्तनसँग अनुकूलित हुन गरिब र अति जोखिममा रहेका आमनागरिकले आफ्नो क्षमताको विकासमा ती नवीनतम उपायहरूको कार्यान्वयनबाट सकारात्मक परिमाण आएको हुनुपर्नेछ । यो पुरस्कार पहिलो चरणको प्रोत्साहन पुरस्कार प्राप्त गरिसकेपछि डिसेम्बर २०१६ मा सुरु गरिनेछ ।
यी दुवै पुरस्कारअन्तर्गत समुदाय वा स्थानीय स्तरको अपनत्व, उनीहरूको अनुभव र ज्ञानलाई बढावा दिने लक्ष्य राखिएको छ । अनुकूलन व्यापकता प्रवद्र्धन पुरस्कारका टिम लिडर पुरुषोत्तम मान श्रेष्ठले पुरस्कारबारे जानकारी दिँदै भन्नुभयो, ूनेपालमा अनुकूलनका प्रयास नभएको होइन, भइरहेको छ, तर त्यसलाई व्यापकता दिने क्रममा त्यसमा समस्या देखिएका छन् । कतै आर्थिक, कतै सांस्कृतिक त कतै प्रविधिको समस्या देखिएका छन् । समुदायलाई नवीनतम समाधानहरूको उपाय निकाल्न अपनाइएका प्रविधिबारे जानकारी दिन र समुदायले त्यसलाई आत्मसात् गराउन, उनीहरूकै संलग्नतामा नयाँ प्रविधिलाई स्वीकार गर्ने प्रणालीको विकासका लागि यो पुरस्कार ल्याइएको हो ।
उहाँका अनुसार ससाना नौला प्रकारका समाधानलाई अगाडि बढाएर प्रयोगमा ल्याउँदै त्यसलाई बढावा दिने प्रयास यो पुरस्कारले गर्नेछ । उनले अनुकूलन व्यापकता दिने क्रममा समुदायले आत्मसात् गर्ने क्षमता बढाउन, त्यो समाधानले समुदायले धेरै उपयोग होस् र त्यसको पहुँच धेरैमा पुगोस् भनेर यो कार्यक्रमले विभिन्न प्रक्रियाहरू तय गरेको छ । यो पुरस्कारअन्तर्गत विशेषत जलवायु परिवर्तनमा अनुकूलनका लागि स्थानीय स्तरमा काम गर्दै आएका गैरसरकारी संघ÷संस्था, समुदायमा आधारित संघ÷संस्था वा नागरिक समाज, व्यापारिक संस्था वा सामूहिक पहलमा नवीनतम विचार बोकेका वा कार्य थालनी गर्ने संस्थाहरूले आफ्नो आवेदन दिन सक्नेछन् । आवेदनका लागि हाम्रो वेबसाइट डब्लूडब्लूडब्लू डट एडप्टेसनस्केल डट ओआरजीमा अनलाइनको माध्यमबाट आवेदन फारम भरि दर्ता गर्न सकिन्छ भने सपोर्ट एडदरेट एडप्टेसनस्केल डट ओआरजीमा इमेल गरेर वा ५५४०३०३ मा फोन गरेर आवेदन फाराम लिन सकिन्छ ।
समारोहमा बोल्दै डिफिडका उपप्रमुख मार्क स्मिथले प्राकृतिक स्रोतसाधनमा धनी नेपालले जलवायू परिवर्तनका कारण विभिन्न समस्या भोगिरहेकाले यो पुरस्कारले अति जोखिममा रहेका व्यक्तिहरूलाई जलवायु परिवर्तनका असरसँग जुझ्ने मौका प्रदान गर्ने विश्वास व्यक्त गरे । कार्यक्रममा त्रिवि वातावरण विज्ञानका प्राध्यापक तथा जलवायु परिवर्तन परिषद्का विज्ञ डा. मदन कोइरालाले नेपालमा अनुकूलनका चुनौतीबारे कार्यपत्र प्रस्तुत गरे । ‘जलवायु परिवर्तनको जोखिममा नेपाल चौथो नम्बरमा रहेको छ,’ उनले भने, ‘त्यसैले, योसँग जुझ्न हामीसँग अनुकूलनका धेरै उपाय छन् ।’ स्रोत थोरै तथा जोखिम धेरै रहेको अवस्थामा धेरै चुनौती रहेको उनको धारणा छ ।
लैगिक समता र सामाजिक समावेशी विशेषज्ञ कञ्चन लामाले लैंगिक दृष्टिकोणबाट समुदायमा आधारित अनुकूलन विषयक कार्यपत्र प्रस्तुत गरिन । ‘कुनै पनि कार्यक्रममा अपनत्व ग्रहण गर्ने अवस्था भएन भने त्यो सफल नहुने सक्छ,’ उनले भनिन्, ‘समुदायमा आधारित अनुकूलन कार्यक्रममा लैगिक दृष्टिकोणबाट हेर्न सक्यो र समताको अवधारणामा काम गर्न सकियो भने हाम्रो कार्यक्रम दीर्घकालीन हुन सक्छन् ।’ आइडियाज टु इम्प्याक्टकी टिम लिडर तथा आईएमसी वल्र्डवाइडकी वरिष्ठ प्राविधिक निर्देशक ब्रिओनी इभरेटले यो पुरस्कारले स्थानीय स्तरमा भएका समाधानका उपायहरूलाई परिणाममुखी बनाउन सहयोग गर्ने अपेक्षा राखेको बताइन् ।
प्रकाशित मिति: २०१६-०५-१४ १०:२८ | ४५ पटक हेरिएको