६ जेठ, भैरहवा । २५ सय ६० औं बुद्ध जयन्ती एवं लुम्बिनी दिवसको तयारी अन्तिम चरणमा पुगेको छ । प्रधानमन्त्री संयोजकत्वमा नेपाल सरकार आफैंले पहिलोपटक बुद्ध जयन्ती मनाउन लागेको हो । यसअघि लुम्बिनी विकास कोषले बुद्ध जयन्ती आयोजना गर्दै आएको थियो ।
बुद्ध जयन्ती मनाउनका लागि गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई चारैतिरबाट सिंगारिएको छ । लुम्बिनी परिसरमा रहेका विभिन्न गुम्बाहरु र मायादेवी मन्दिरलाई दुलही झैं सिंगारिएको छ ।
अनलाइनखबरकर्मी लुम्बिनी पुग्दा स्वागतद्वार निर्माण, सरसफाइ, मञ्च निर्माण लगाएतको काम धमाधम भइरहेको थियो । वरपरको क्षेत्रमा नेपालसहित बिभिन्न देशका झण्डा र ध्वजापताकाले रंगिचंगी बनाइएको थियो