५ जेठ, काठमाडौं । चीनको कुन्मिङ एयरपोर्टमा मंगलबार दिउँसो दुईजना नेपाली आमाहरु लगेज लिएर कुर्सीमा टुक्रुक्क बसिरहेका भेटिए । उनीहरु अमेरिका गएर नेपाल र्फकने क्रममा कुन्मिङ विमानस्थलमा ओर्लिएका रहेछन् ।
‘तपाईहरु नेपाली हो कि क्या हो ?’ बेइजिङबाट फर्किएको १० सदस्यीय नेपाली पत्रकारको टोलीलाई देखेपछि पर्वत घर भएकी (हाल कुपण्डोल बस्ने) मित्रकुमारी पौडेलले सोधिन् ।
बोडिङ पास लिन र काठमाडौं आउने चाइना इस्टर्न जहाज पक्डन उनीहरु कष्ट गरिरहेका थिए । चेकजाँच सकिएपछि विमान पर्खेर बस्ने क्रममा पत्रकारले दुबै आमाहरुलाई प्रश्न गरे- अमेरिका कस्तो लाग्यो त आमा ? नेपालभन्दा रमाइलो लाग्यो कि ?
रातो ज्याकेट लगाएकी, आधासरो दाँत फुक्लेकी ‘पौडेलनी आमै’ले अमेरिकाको दुःख सुनाउन थालिन् ।
नेपालमा उनीहरुको परिवारसँग ७/८ विगाह जग्गा थियो । घर थियो । खान लाउन कुनै दुःख थिएन । एक्लो छोरो नेपाल छाडेर अमेरिका भासिएपछि उनको मन खासै प्रशन्न छैन ।
नेपालमा उनीहरुको परिवारसँग ७/८ विगाह जग्गा थियो । घर थियो । खान लाउन कुनै दुःख थिएन । एक्लो छोरो नेपाल छाडेर अमेरिका भासिएपछि उनको मन खासै प्रशन्न छैन ।
‘मेरो छोराको नाम रामचन्द्र पौडेल हो’ उनले भनिन्- ‘ऊ कान्तिपुरमा काम गथ्र्यो, सम्पादक हुन लागेको मान्छे हो मेरो छोरो, तर जागिर छाडेर अमेरिका गयो । (उनले आफ्नो छोरो रामचन्द्र कान्तिपुरको सम्पादक हुन लागेको थियो भने पनि यो अपुष्ट तर्कना मात्रै हो ।)
आमैको दाबी सही वा भ्रमपूर्ण जे होस्, तर उनी आफ्नो एक्लो छोरो स्वदेश छाडेर विदेशिएकोमा खासै सन्तुष्ट देखिइनन् । कुन्मिङ विमानस्थल बाहिरको रातमाटे डाँडोतिर देखाउँदै उनले नेपाल पनि यस्तै रहेको र चीनमा जस्तै आफ्नै देशमा बसेर सबैले विकास गरेको भए राम्रो हुन्थ्यो भन्ने तर्कमा समर्थन जनाइन् । विदेशमा काम घण्टौसम्म काम गर्नुपर्ने दुःख उनले सम्झिइन् र भनिन्- ‘त्यता (अमेरिका) को त कुरै नगरम् बाबु ।’
छोरो भेटेर अमेरिकाबाट फर्केकी पौडेलसँगै इटहरीकी अर्की आमा चुपचाप बसिरहेकी थिइन् । कालो ज्याकेट र चश्मा लगाएकी उनी सेतो धर्के पाइन्ट र ‘स्पोर्ट सुज’मा सजिएकी थिइन् । यो उमेरका नेपाली आमाहरु साडी चोलोको विकल्प खोज्न हिच्किचाउँछन् । तर, पराजुली आमैलाई पश्चिमी देशको भ्रमणले पाइन्ट लगाउन बाध्य बनाएको स्पष्टै देखिन्थ्यो । यी हँसिली नेपाली आमाहरु छेउछाउमा बसेका अमेरिकी महिलाभन्दा कम देखिँदैनथे । कमी थियो एउटै, अंग्रेजी भाषाको ।
विमान छुट्दा दुई दिनसम्म रुवावासी
विमान छुट्दा दुई दिनसम्म रुवावासी
मित्र कुमारीको अघिल्लो पटकको अमेरिका यात्रा निकै दुःखपूर्ण रहेछ । उनी चार/पाँचवटा ट्रान्जिट छिचोल्दै कुन्मिङमा ओर्लिएको यो पहिलोचोटि होइन । यसअघिको यात्रामा उनीहरु पतिपत्नी दुबै थिए । र्फकने क्रममा उनीहरु कुन्मिङमा अल्मलिए र प्लेन नै छुटाए ।
‘यहाँ ओर्लिएपछि कता जाने भनेर हामी बूढाबूढी अल्मलियौं । म त अलि तगडा थिएँ, तर बूढा छिटो हिँड्न पनि नसक्ने,’ उनले अघिल्लो वर्षको कथा सम्झिइन्-‘ चाइनिजहरु छ्याङछुङ छ्याङछुङ गर्छन, हामी केही पनि बुझ्दैनौं, अंग्रेजीको अ पनि हामीलाई आउँदैन । मैले दुई हात उठाएर नेपाली कोही छौ भनेर हामीलाई मद्दत गर भनेर चिच्याएँ तर कसैले पनि मद्दत गरेन ।’
विमानस्थलमा अल्मलिएपछि पौडेल दम्पतिले अर्को आइडिया निकाले हिन्दी बोल्ने । नेपाली अनुहार कतै नदेखेपछि उनीहरुले इण्डियनजस्तो देखिने मानिसहरुको अनुहार नियाल्न थाले एकजनालाई मित्रकुमारीले सोधिन्- ‘यहाँ नेपाल जाने हवाइजहाज कहाँ पाइये ?’ उनको यस्तो हिन्दी उक्त विदेशीले बुझेन ।
अन्ततः काठमाडौं आउने विमान छुटिसकेका कारण उनीहरु दुई दिनसम्म विमानस्थलमै भोकै र तिर्खै रुँदै रुँदै बसे ।
अमेरिकाबाट छोराले नेपालमा सम्पर्क गर्छन्, बाबै आमै छैनन् । नेपालबाट अमेरिका फोन गर्छन्, हिँडिसकेको धेरै दिन भइसक्यो । एकातिर विमानस्थलमा बूढाबूढी रोएर बस्ने, अर्कोतर्फ अमेरिका र नेपालमा पनि उस्तै रुवाबासी मच्चियो ।
नेपाली समाजमा एउटा आहान छ, मर्नुभन्दा बहुलाउनु निको । दुई दिनसम्म विमानस्थलमा अभर परेपछि पौडेल दम्पतीले बहुलाउने निर्णय गरे । उनीहरु एउटा टिकट काउण्टर अगाडि पुगे र चिच्याउँदै त्यहीँ भूइँमा लम्पसार परे । सुरक्षाकर्मीले उठाउन खोज्दा पनि उनीहरु जबरजस्ती सुते र नेपाली भाषामा विलौना गाउँदै रुन थाले ।
यति गरिसकेपछि बल्ल सुरक्षाकर्मीहरुले उनीहरुको झोला खोतल खातल पारे । त्यहाँ रहेको कागजपत्र हेरेर उनीहरुले दुई दिनदेखि विमान छुटेर एयरपोर्टमा अभर परेको र भाषाको समस्याका कारण यस्तो भएको बुझे । त्यसपछि बल्ल उनीहरु काठमाडौं ओर्लिन सफल भए ।
‘हामी बूढाबूढी हराएपछि अमेरिकामा छोराबुहारीको पनि रुवावासी भएछ,’ मित्रकुमारीले थोते दाँतमा हलुका मुस्कान गरेर आफ्नो वीरताको कथा सुनाइन् । उनले दोस्रो यात्राको सफलता उल्लेख गर्दै थपिन्- ‘त्यसबेलाको दुःख सम्झँदा अहिले त के भा’को छ र नानी । अहिले त सँगै भाको नातिले बोडिङ पास बनाइदियो ।’
आमैहरुलाई नेपाली पत्रकारले काठमाडौंबाट लगेको लखामरी र तितौरा खान दिए । मित्रकुमारीले धन्यवाद दिँदै भनिन्- थान्कु थान्कु ।
अमेरिका जाँदा-आउँदा उनले सिकेको अंग्रेजी भाषा रहेछ यो ।
(मित्रकुमारीले अघिल्लोपटक कुन्मिङ एयरपोर्टमै दुई दिनसम्म हराएको भने पनि त्यो विमानस्थल अन्यत्रैको पनि हुन सक्छ, बैंकक वा अरु कुनै ।)
अमेरिका, जहाँ नेपाली आमाबुवा बस्न रुचाउँदैनन्
अमेरिकामा रहेका आफ्ना छोराछोरीलाई भेट्न नेपालबाट ज्येष्ठ नागरिकहरु आवत-जावत गर्ने क्रम बढेको छ । तर, वीच बाटोमा ४/५ वटासम्म ट्रान्जिटहरु पर्ने भएकाले विमान परिवर्तन गर्ने क्रममा उनीहरुले हैरानी व्यहोर्ने गरेका छन् । कतिपय हि्वल चेयरमा बसेर यात्रा गर्छन् भने कोही साथमा रहेका नेपाली भाषीहरुको सहायता लिने प्रयास गर्छन् । तर, विमान छुट्ने वा हराइने हो कि भनेर उनीहरु खुबै आत्तिने गर्दछन् ।
अमेरिका, जहाँ नेपाली आमाबुवा बस्न रुचाउँदैनन्
अमेरिकामा रहेका आफ्ना छोराछोरीलाई भेट्न नेपालबाट ज्येष्ठ नागरिकहरु आवत-जावत गर्ने क्रम बढेको छ । तर, वीच बाटोमा ४/५ वटासम्म ट्रान्जिटहरु पर्ने भएकाले विमान परिवर्तन गर्ने क्रममा उनीहरुले हैरानी व्यहोर्ने गरेका छन् । कतिपय हि्वल चेयरमा बसेर यात्रा गर्छन् भने कोही साथमा रहेका नेपाली भाषीहरुको सहायता लिने प्रयास गर्छन् । तर, विमान छुट्ने वा हराइने हो कि भनेर उनीहरु खुबै आत्तिने गर्दछन् ।
कतार लगायतका विमानस्थलमा भने नेपालीहरु भेटिने गरेको र सहज हुने गरेको उनीहरुको अनुभव छ ।
युवाहरुको सपनाका रुपमा रहेको र डीभी भर्ने होडमा रहेको छोरो पुस्ताको तुलनामा ज्येष्ठ नागरिकहरुको अमेरिका अनुभव त्यति सुखद छैन । छोराछोरीले फकाएर अमेरिका बोलाए पनि उनीहरु त्यहाँ अडिन सक्दैनन् । कोठामा कोचिएर बस्नुपर्ने, दिनभरि छोराछोरी वा बुहारीहरु काममा जाने र टीभी खोल्दा पनि अंग्रेजी आउने भएकाले नेपालका ज्येष्ठ नागरिकहरुलाई अमेरिकामा दिन कटाउनु निक्कै दिक्कलाग्दो हुने गरेको छ । त्यसैले उनीहरु आफ्ना छोरा बुहारीहरु नेपालमै बसुन् भन्ने चाहन्छन् ।
देशमै रोजगारी पाइए विदेश जानु नपर्ने र बुढेसकालमा छोराछोरीसँगै बस्न पाइने उनीहरुको भनाइ छ । उनीहरु अमेरिकाको बर्गरभन्दा स्वदेशकै ढिँडो मीठो हुने हुने बताउँछन् ।
तर, आफ्नै देशमा उद्यम गरेर बसौं र देशलाई सम्वृद्ध पारौं भन्ने भावना छोराछोरी पुस्तामा कहिले आउला ?
दिल्लीको रुट कुन्मिङतिर सर्दै
एउटा जमाना थियो, नेपालबाट अमेरिकाको यात्रा भन्नेवित्तिकै दिल्ली हुँदै अरब मुलुक भएर जानु पर्दथ्यो । या बैंकक भएर जानुपर्दथ्यो । अब चीन-नेपालवीचको बढ्दो हवाइ सम्बन्धले दिल्लीको विकल्प चीन बन्न थालेको छ । कुन्मिङमा भेटिएका यी दुई आमाहरु एउटा गवाह हुन्, जसले अब नेपाल-अमेरिका यात्रामा चीनलाई जोडिएको पुष्टि गर्छ ।
एउटा जमाना थियो, नेपालबाट अमेरिकाको यात्रा भन्नेवित्तिकै दिल्ली हुँदै अरब मुलुक भएर जानु पर्दथ्यो । या बैंकक भएर जानुपर्दथ्यो । अब चीन-नेपालवीचको बढ्दो हवाइ सम्बन्धले दिल्लीको विकल्प चीन बन्न थालेको छ । कुन्मिङमा भेटिएका यी दुई आमाहरु एउटा गवाह हुन्, जसले अब नेपाल-अमेरिका यात्रामा चीनलाई जोडिएको पुष्टि गर्छ ।
जापानमा रेष्टुरेन्ट व्यवसाय गर्ने एक नेपाली महिला, जो चाइना इस्टर्न विमानमा भेटिएकी थिइन्, उनले चाइना इस्टर्न सस्तो भएकाले आफू जापानबाट सांघाई हुँदै काठमाडौं आएको बताइन् । जापानबाट चीन हुँदै नेपाल आउनु त स्वाभाविकै हो, तर अमेरिका यात्रा गर्ने नेपालीहरुको रोजाइ पनि अब चीनतिरै सर्न थालेको छ ।
त्यो त काठमाडौं-कराँची चल्ने पाकिस्तानी एयरलाइन्स बन्द नहुँदासम्म वैदेशिक रोजगारीका लागि अरब जाने नेपालीहरुका लागि पीआइएको विमान सस्तो र सहज गन्तव्य थियो, अहिले त्यो रोकिएको छ ।
यतिबेला चीनले पीआइएले जसरी अरब जाने नेपाली यात्रु बोक्न नपाए पनि युरोप अमेरिका जानेहरुलाई भने विस्तारै तान्न थालेको छ ।
नेपालको पोखरा र अन्नपूर्ण भ्रमणका लागि आएका केही अमेरिकी पर्यटकहरु पनि चीनको कुन्मिङमा भेटिए । यी पर्यटकहरुले पनि काठमाडौं-चीन-अमेरिका रुट पछ्याइरहेका थिए ।
त्यसो त चीनको पश्चिमी शहर चेङदु पनि यतिबेला पश्चिमी देशसँग नेपाललाई जोड्ने अर्को सेतु बन्दैछ । काठमाडौंबाट सबैभन्दा सहज चिनियाँ गन्तव्य मानिन्छन् चेङदु र ल्हासा ।