मनाङः बिशाल चट्टानले बनेको पहाड, त्यही पहाडको मुनि आँखाले हेर्न नभ्याउने मीलेको जमीन । जमीनमा लटरम्म फलेका राता राता स्याउ ।मध्यान्ह्रमा पुगेका थियौ हामी मनागंको भ्रातागं भन्ने ठाउँ । बतास एकतमासले चलिरहेको थियो । बतास यस्तो चिसो लाग्यो, मानौ उसले मेरो टोपी अघि नै प्वाल पारेर टाउकोमा छिरीसक्यो । चिसोलाइ बेवास्ता गर्दै म निकै उत्साहीत भएर घुमीरहेको थिए स्याउबारीमा । जहाँ एक हुल युवाहरु देखेँ । जो स्याउ टिप्न तल्लीन थिए ।
स्याउ टिप्दै गरेका शिशिर चेपागं देखेर मलाइ केही कुरा सोध्न मन लाग्यो । कीनकी घाँटी देखी तल झुन्डीएको लामो झोला बोकेका थिए । त्यही झोलामा पाचसात कीलो स्याउ भरीसकेकाथिए । मकवानपुरबाट रोजगारीका लागी त्यहाँ पुगेका रहेछन् । भर्खरै २० पुगका चेपागं भन्दै थिए नाइकेले यहाँ सम्म ल्याएको हो । गत मंसीरको दश गते मनागं एग्रो फार्ममा आइपुगेका उनी दशैमा घर जाने योजना बनाइ रहेका थिए ।
‘हीउँ पर्न थाले पछी काम निकै गाह्रो हुन्छ’ आठ कक्षा मात्र पढेको चेपागंले भने । काम गर्दै जाउ, आफनो खुट्टामा उभिने रहर छ त्यसैले यहाँसम्म आउने आँट गरेँ । उनले आफनै शैलीमा भने ‘केही योजना पनि बनाएको छु ती योजना साकार पार्न हीडेको हुँ । स्याउ टिपेको पैसा लिएर घर जाने हो दशै मनाउन । दिनको चारसय कमाइ गर्ने चेपागंले सबै पैसा जम्मा गरेर राखेको बताए ।
बाइस वर्षिया महान प्रजा मकवानपुरबाटै काम खोज्दै मनागं पुगेका रहेछन् । प्रजा लाइ भने अन्य काम भन्दा स्याउ टिप्न कता हो कता रमाइलो लाग्छ रे । बुवा भारतीय सैनिकका अवकास लिएका रहेछन् । घरमा दुइटा आमा को कारण समस्या बन्यो उनको । दश कक्षा सम्म पढ्न भ्याएका प्रजा बहीनीलाइ भेट्न आतुर भएको बताए ।
त्यसैले दशैमा घर पुग्ने योजना बनाइरहेकाछन् उनी । घरका लागी खर्चबर्च खासै व्योहर्नु पर्दैन उनले । त्यसैले, स्याउ टिपेर जम्मा गरेको पैसा जम्मा गरेकाछन् । त्यही पैसाले भविष्यमा ब्यापार गर्ने सोच बनाएको छु, उनले भने । साथीहरुसँग यहाँ आइपुगेको प्रजालाइ मनागंको फ्रेस वातावरणले लोभ्याइरहेको सहर्स स्वीकार गरे ।
स्याउ टिप्ने समुहमा थिए गोर्खाका रमेश मगर । स्याउ टिप्नु अरु काम भन्दा रमाइला हुन्छ । उनले भने, ‘सिजनमा दिनहुँ स्याउ टिप्छौ हामीहरु । प्रत्येक दिन कम्तिमा सय क्रेट टिप्छौ । स्याउ टिपेर कमाएको रकम चोखो बचाउँछन् उनी । मगर भन्छन्, साहुँले, खाने, बस्ने व्यवस्था निशुल्क गरीदिएकाछन्,अन्य खर्च खासै हुँदैन ।
सुरेन्द्र गुरुगं भने मनागं जिल्लाको धारापानी भन्ने ठाउँबाट काम गर्न आएकारहेछन् । उनीसँग तनहुँका सागर थापा लगायत आठ जना युवाहरुले स्याउ टिप्दै आएकाछन् । उनले भने, यहाँ अरु काम छैन, स्याउ फार्ममा काम पाउछ भन्ने थाहा पाएर आएको हुँ । परीवारले जाउ भनेको थिएन म यतिकै आइपुगेको हुँ । अब हामी दशैमा जादैछौ ।
मनागं एग्रो फार्मका संचालक, युवराज गुरुगंले भने, विरुवा रोप्ने समयमा डेढ सय जति कामदार चाहीए पनि यतिबेला भने ७० जना जति भए पुग्छ । तर यो समय स्याउ टिप्ने भएकाले अलि धेरै मान्छे परीचालित छन् । धेरैजसो गोर्खा, धादिगं, मकवानपुर, तनहुँ लगायतका वरीपरी जिल्लाबाट काम गर्ने मान्छे ल्याउनुपर्छ । कीनकी मनागं जिल्ला सबै भन्दा जनसंख्या थोरै भएकाले त्यसमध्ये पनि कतिपयहरु अध्ययन र रोजगारीको सिलसिलामा राजधानिमा बस्छन्, त्यसैले जनशतmी पाउन समस्या हुन्छ , गुरुगंले भने ।
यतिका धेरै जनसंख्यालाइ रोजगारी दिइरहेका युवराजका बुवा पलदेन छोपागं गुरुगं भन्छन्, राज्यले बाटो बनाइदिए अबको दश वर्षमा नेपालका आधा जनसंख्यालाइ स्याउ खुवाउने रहर छ । विभिन्न चुनौतीका बाबजुद इटाली र सर्भिया बाट ल्याएको स्याउका ६० हजार सात सय बिरुवा लगाएको छु ।’ सात सय पैतिस रोपनी जग्गामा फैलिएको उनको स्याउ फार्ममा थुप्रैले रोजगारी पाइरहेकाछन् ।
उनको यस प्रयत्नमा एशियाली विकास बैकको ‘हिमाली’ नामको परीयोजनाले साथ दिएकोमा खुशी लागेको उनले बताए । जसले दुइ करोड २२ लाख सहयोग गरेको छ भने साढे सत्र करोड लगानी आफैले गरीसकेकाछन् । उनको लक्ष्य भने २३ करोड पुर्याउने रहेको गर्वका साथ बताए । नेपाललाइ स्याउमा आत्मनिर्भर बनाउने र रोजगारीको अवसर दिन सक्ने गुरुगैले बताए ।
एशियाली विकास बैकको मुख्यालय फिलिपिन्सबाट आएका दुइ जना महीला सम्पुर्ण यात्राभरी म सँगै थिए । एउटी थिइन् सलेहा वासीम, एडीबीका लागी कम्युनिकेसन सम्बन्धि काम गर्छीन र अर्की कन्नी उनीसँग काम गर्ने । उनीहरु भन्दै थिए नेपालका हिमाली जिल्लाहरुमा एग्रोबिजनेस र जीवनस्तर उकास्नको लागी भौतिक संरचनाहरु छिटो निर्माण गर्न आवश्यक रहेछ । वासीमको बुझाइले बाटोघाटो, पुल निर्माण पछी मात्रै कुनै पनि परीयोजनाहरु सफल हुन सक्ने र साच्चै नै मानिसहरुको जीवनस्तर उकास्न सम्भव देखेको बताइन ।
बेसीशहर देखी मनागंको सदरमुकाम चामे पुग्नलाइ जम्मा ५२ कीलोमीटरको बाटो रहेछ । जुनबाटो पुरा गर्नलाइ करीब तेह्र घन्टा लाग्यो हामीलाइ । कच्ची बाटो भएको कारण धेरै गाडीहरु फस्ने रहेछन् । बाटोमा ट्याक्टर फसेकाले डेढ घन्टा हामी पनि फसेका थियौ । सम्झीदा सिरीगं हुने खालको बाटो। बिशाल चट्टान फुटाएर बनेका । ठाउँठाउँमा झरेका पहीरो बाट जोखिदै त्यहाँ पुगेका थियौ हामी । २०६४।६५ मा नेपाली सेनाले रुट मात्र खोलेको तर बाटो नबनिसकेको कारण त्यो बाटो सकुशल पुगेर आउनलाइ निकै कष्ट रहेछ ।
फलस्वरुप केवल बाउन्न कीलोमीटर यात्रा तय गर्नलाइ बाह्र, तेह्र घन्टा समय ब्यथित गर्दैरहेछन् मनागेहरु । पानीपरेपछी बाटो थुनिने समस्या एकातिर । तर दशैमा घर आउने योजना बनाइरहेका ती स्याउ टिप्ने युवाहरु भने जोखीम मोलेरै भए पनि आफनो घर जाने, आफन्त सँग टीका थाप्ने योजना बुनिरहेका थिए ।
गाउँमा बरालिएर हीड्नु भन्दा केही काम गरेर आम्दानीको बाटो रोज्न ती युवाहरुले सुझाइरहेका थिए भने अर्कातिर भन्दै थिए, यो बाटो बन्यो भने हामीलाइ आउन जान सजिलो हुने थियो । उनीहरुले भने, ‘यो बाटो छिटै बनाइदिनु भन्दे सन्देष लगीदिनुस है ।’ फोटो टुडेज फोल्डरमा हेर्नुहोला ।