काठमाडौंः नेकपा माओवादी केन्द्रका सांसद जनकराज जोशीले ‘विस्तारवाद’ र ‘साम्राज्यवाद’ भन्ने शव्द संसदको रेकर्डबाट हटाउन माग गरेका छन्।
मंगलबारको संसद बैठकमा बोल्दै सरकारको नेतृत्वकर्ता दल माओवादी केन्द्रका सांसद जोशीले ‘साम्राज्यवाद’ र ‘विस्तारवाद’ शब्द संसदको रेकर्डबाट हटाउन सभामुखको रुलिङ माग गरेका हुन्।
उनले सीमा विवाद हुँदैनमा विस्तारबाद र साम्राज्यबाद भन्ने शव्द प्रयोग गर्नु संविधानको मूल मर्म विपरित हुने बताए।
उनले भने,‘सीमा विवाद हुँदैमा विस्तारबाद भन्न मिल्दैन। भारतसँग नेपालको मात्र होइन सीमा विवाद अमेरिका र क्यानडा तथा चीन र भारतबीच पनि छ। सीमा विवाद हुँदैमा विस्तारबाद भन्ने शब्दको प्रयोग गर्नु हुँदैन। त्यसैले यसलाई संसदको रेडर्कबाट हटाउनुपर्छ।’
जोशीले संविधानले नेपालको आफ्नै परराष्ट्र नीति रहने उल्लेख गरेको भएपनि नेताहरुले प्रायः ‘विस्तारबाद’ र ‘साम्राज्यवाद’ भन्ने शव्द प्रयोग संसदमा गर्नु संविधानविपरीत भएको बताए।
उनले अहिलेकोे युव ग्लोबलाइजेसनको युग भएको भन्दै यस्ता शब्दको प्रयोग गर्न नहुने बताए। उनले भने,‘ग्लोबलाइजेसनको युग हो आजको युग भनेको। यो युगबाट कोही अछुतो रहन सक्दैन।’